२४ कार्तिक २०८३, मंगलबार

वर्षे विदाको सदुपयोग : विद्यालयमा नै कम्प्युटर कक्षा सञ्चालन

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ३ साउन । रामेछापको उमाकुण्ड गाउँपालिकाले विद्यार्थीको वर्षे विदालाई कम्प्युटरको सिप प्रदान गरेर सदुपयोग गरेको छ । वर्षे विदाको सदुपयोग गर्दै गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा वर्षे विदाको समयमा कम्प्युटर कक्षा सञ्चालन भइरहेका छन् ।

गाउँपालिकामा रहेका सात वटा माध्यमिक विद्यालयमा गत असार ३० गतेदेखि दैनिक कम्प्युटर कक्षा सञ्चालन भएका गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले जानकारी दिनुभयो ।

हरेक विद्यालयमा दैनिक तीन/तीन वटा कम्प्युटर कक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । ७ वटा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई वर्षे विदाको समयमा दैनिक दुई घण्टा कम्प्युटर कक्षा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

‘गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई वर्षे विदालाई लक्षित गरी १५ दिने कम्प्युटर (अफिस प्याकेज) कक्षा सञ्चालन भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

असार ३० गतेबाट सुरु भएको कम्प्युटर कक्षा साउन १२ गतेसम्म सञ्चालन हुने शेर्पाले बताउनुभयो । एउटा माविमा २० वटा कम्प्युटर भएकाले २० जना विद्यार्थीको एउटा समूह बनाएर कक्षा सञ्चालन गरिएको उहााले जानकारी दिनुभयो । हरेक विद्यालयमा दुई घण्टाका दरले दैनिक तीन वटा कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।