१३ असार २०८३, शनिबार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल कतार पुगे

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार पुग्नुभएको छ ।

प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न उहाँ बुधबार कतार जानुभएको हो । भोलि शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । उहाँको कतार बसाई पाँच दिनको हुनेछ ।

पोखरेलसँगै एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता कतार पुगिसक्नुभएको छ ।