२५ असार २०८३, बिहिबार

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ३ साउन । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ ।

लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख ११ हजार एक सय ११ र उपविजेतालाई रु एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।