१२ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ प्रधानमन्त्री लि चियाङले बधाई तथा शुभकामना दिनुभएको छ ।

चिनियाँ प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत बुधबार सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिनुभएको हो । शुभकामना सन्देशमा चिनियाँ प्रधानमन्त्री लिले भन्नुभएको छ, ‘यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।’

आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री लिले दुई देशका नेताबीच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको धारणा पनि राख्नुभएको छ ।

‘दुई देशका नेताबीच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न इच्छुक छु ।’ चिनिया प्रधानमन्त्री लिले सन्देशमा भन्नुभएको छ ।