
पोखरा, २ साउन । प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ ।
ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् । विभिन्न बैंक/वित्त तथा अन्य गेट–वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच आज एक सम्झौता भएको हो ।
सम्झौता प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायातको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकले उपलब्ध गराएको क्युआरमार्फत बिना झन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । व्यवसायमा आवद्ध २०० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामाग्रीहरु उपलब्ध गराइने कार्यक्रम रहेको बैंकले जनाएको छ ।
पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।








प्रतिक्रिया