१६ कार्तिक २०८३, सोमबार

सुनील पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्थाविरुद्ध उनले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको हो।

पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐनको व्यवस्था विपरीतको कसूर गरेकोले अमेरिकी डलर ५८ हजारको हिसाबले हुन आउने सतहत्तर लाख पैँतालीस हजार नौ सय रुपैयाँ बिगो कायम गरिएको विभागले जनाएको छ।

यस्तै सोही सोही ऐनको दफा १७ (१) बमोजिम बिगोको तेब्बर अर्थात दुई करोड बत्तीस लाख सैँतीस हजार सात सय रुपैयाँ जरिवाना मागदाबी लिई मुद्दा दायर गरिएको विभागले जनाएको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहिसकेका सुनील पौडेलविरुद्ध यसअघि पनि अख्तियारले विभिन्न भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।