२८ जेष्ठ २०८३, बिहिबार

डेडिकेटेड र ट्रंक लाइन विवाद चाँडै समाधान गर्छु : प्रधानमन्त्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवाद चाँडै समाधान गर्ने बताउनु भएको छ ।

आज बिहान डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँग भेट्दै उहाँले ६ वर्षदेखिको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले लाइन काटेर समाधान नहुने स्पष्ट पार्नुभयो । विद्युत् प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको छ ।

‘लाइन काटिएकाहरूमा कतिपय निर्यातमूलक उद्योगीहरू पनि छन् । उनीहरूको उत्पादन बन्द भएको छ । अर्डर क्यान्सिल हुने अवस्थामा छ भन्ने मलाई जानकारी छ,’ प्रधानमन्त्रीले भन्नुभयो ‘समस्या समाधान हुनुपर्छ, त्यो चाँडै गर्ने छु ।’