१६ असार २०८३, मंगलबार

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान गर्नुभएको छ ।

आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा बिहान ११ बजेबाट शुरु हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्नुहुनेछ । पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ ।

पोखरेलसँगै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा पनि कतार प्रस्थान गर्नुभएको हो । अधिवेशनमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया यसअघि नै कतार पुगिसक्नुभएको छ ।

अधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न अफसर अलि खानको संयोजकत्वमा अधिवेशन आयोजक समिति गठन गरिएको छ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारीहरू, महादेशीय कमिटी तथा मध्यपूर्वमा रहेका राष्ट्रिय कमिटीका अध्यक्षहरू अधिवेशनलाई सम्बोधन गर्न कतार पुग्दै हुनुहुन्छ ।