३२ असार २०८३, बिहिबार

भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २ साउन । बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्यु भएको छ । मंगलसेन नगरपालिका-३ लाक्षीमनाकी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो ।

मंगलबार सोही वडाको गाध्य भन्ने भीरमा बाख्रा चराएर फर्किने क्रममा माथिबाट झरेको ढुंगा टाउकोमा लागेर घटनास्थलमै उहाँको मृत्यु भएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो ।

उहाँको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको प्रहरीले जनाएको छ ।