२५ जेष्ठ २०८३, सोमबार

समयमा काम नगर्ने ४ निर्माण कम्पनी सरकारको कालोसूचीमा

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।

कालोसूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयको सूचनामा उल्लेख छ ।

सरकारको कालोसूचीमा पर्ने कम्पनीहरुमा बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिंग, काठमाडौंलगायत रहेका छन् ।

कार्यालयले कालोसूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ ।