२४ कार्तिक २०८३, मंगलबार

फेरि फुट्यो वैद्य नेतृत्वको पार्टी

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरि फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी एकीकरण भएको १६ महिनापछि विभाजन भएको हो ।

विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो ।

एकतापछि पार्टीको सह-संयोजकको भूमिकामा रहनुभएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै पार्टी एकता असफल भएको घोषणा गर्दै अलग भएको बताउनुभएको हो । उहाँले पार्टीलाई सुदृढ गर्न कयौं प्रसाय गरेपनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गर्नुभएको छ ।