१ असार २०८३, सोमबार

तीन वटा संसदीय समितिको बैठक बस्दै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । महिला समितिमा राज्यको मूलप्रवाहमा मधेशी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयामा छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यस्तै, शिक्षा समितिमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ ।