१७ असार २०८३, बुधबार

रियल म्याड्रिडका ८० हजारभन्दा बढी फ्यानले गरे एम्बाप्पेको स्वागत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेलाई रियल म्याड्रिडमा स्वागत गरिएको छ । क्लबसँग आजै औपचारिक सम्झौतामा हस्ताक्षर गरेपछि एम्बाप्प लाई रियल म्याड्रिडको स्टेडियममा ८० हजार भन्दा बढी फ्यानहरुले स्वागत गरेका थिए ।

स्टेडियममा ८० हजार फ्यानहरुलाई सम्बोधन गर्दै एम्बाप्पेले आफ्नो बाल्यकालदेखिको सपना आज पूरा भएको बताउनु भएको थियो । उहाँले आफू रियल म्याड्रिडमा गोल गर्न र ट्रफी जित्नको लागि मात्र नआएको बताउँदै एम्बाप्पेले आफू पूर्णरुपमा रियल म्याड्रिडलाई अपनाउन आएको बताउनु भएको थियो ।

गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो । यसअघि उहाँले आजै मेडिकल समेत गर्नु भएको थियो।

२५ बर्षिय एम्बाप्पे फ्री-ट्रान्सफरमा रियल म्याड्रिड आउनु भएको हो । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गर्नु भएको छ ।

पिएसजीमा उहाँले करिब २५ मिलियन युरो बार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्नु हुनेछ । उहाँले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउनु हुनेछ ।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि उहाँलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो ।

२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बन्नु भएको थियो ।

अहिलेसम्म पिएसजीका लागि उहाँले ३०८ खेलमा २५६ गोल गर्नुभएको छ । पिएसजीमा रहँदा उहाँले ६ सिजन फ्रेन्च लिग जित्नु भएको छ भने चार सिजन फ्रेन्च कोपा डे जित्नु भएको छ । त्यस्तै २०१९/२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।