२६ जेष्ठ २०८३, मंगलबार

समाजवादी मोर्चाद्वारा कार्यदल गठन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाएको छ ।

आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ दिनभित्र दस्तावेज पेस गर्न कार्यदल बनाएको हो ।

पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षागरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिनुभयो ।

“उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहनविक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “प्रगतिशील र कम्युनिष्टसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको  छ ।”