७ असार २०८३, आइतबार

जापानको ‘कुमोन सिकाइ विधि’ नेपालमा

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि सुरु भएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै शैलीमा सिकाइँदै आएको छ ।

यस विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको युनाइटेड र काठमाडौं कंलकीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो ।

जापानको कुमोन एजुकेसन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयमा सञ्चालित कुमोन अभ्यासको अवलोकन गर्नुको साथै विद्यार्थीसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले नेपालका धेरैभन्दा धेरै विद्यार्थीलाई स्वतन्त्र रूपले आफ्नो लयमा आफैँ सिक्ने सीपहरू बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि हुने बताउनुभयो । यो विधिबाट समस्या समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उहाँले बताउनुभयो ।

एलआरआइ स्कुलका प्रिन्सिपल डा. देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरूको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउनुभयो । युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्वितीय स्वयं सिकाइ र विद्यार्थी केन्द्रित विधि भएकाले नेपालमा प्रभावकारी हुने बताउनुभयो ।

आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले यो विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने बताउनुभयो ।