१९ असार २०८३, शुक्रबार

समाजवादी मोर्चाको बैठक बस्दै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे नेकपा (एकीृकत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनुको साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ ।

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले भने समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।