
काठमाडौं, १ साउन । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाअनुसार पक्राउ पर्नेमा कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामी रहेका छन् ।
कृषि प्राविधिकद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशनबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्थामा रकम र निजहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको २ लाख ५० हजार ००० को २ वटा गरी ५ लाखको चेकसहित कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ४ बोराडाडीबाट नियन्त्रणमा लिइएको हो । दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।








प्रतिक्रिया