१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनु भएको छ ।

आज सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नु भएको छ । साथै मोदीले पारस्परिक लाभकारी सहयोगलाई विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको पनि उल्लेख गर्नु भएको छ ।

यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गर्नु भएको हो ।