८ असार २०८३, सोमबार

प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गर्दै रिट दायर गर्नुभएको हो ।

रिटमा शपथ बदरको माग पनि गरिएको छ । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाइएको छ ।