
काठमाडौं, ३१ असार । नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ ।
कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाँदैछ । उहाँलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने भएको छ ।
त्यस्तै, रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनुहुनेछ भने दिपक खड्का ऊर्जामन्त्री बन्नुहुनेछ ।
त्यस्तै, ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ । सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिनुभएको छ । जसमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ । यी चार मध्ये दुईको नाम टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ ।








प्रतिक्रिया