१ असार २०८३, सोमबार

एमालेबाट को–को बन्दै छन् मन्त्री ?

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नेकपा (एमाले)ले सरकारमा जाने ८ जना मन्त्रीको टुंगो लगाएको छ । शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको बताइएको छ ।

एमालेबाट पार्टी उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्न लाग्नुभएको हो ।

यसैगरी, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई पनि मन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे शपथग्रहण गर्नुहुनेछ । शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ ।

एमाले-कांग्रेसको सहमतिअनुसार एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने छ भने कांग्रेसले गृह मन्त्रालयसहित परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पाउने बताइएको छ ।