७ असार २०८३, आइतबार

मौसम पूर्वानुमान : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

त्यस्तै, मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

महाशाखाले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ । राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको प्रक्षेपण छ ।

त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा राति मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।