२२ जेष्ठ २०८३, शुक्रबार

गण्डक ब्यारेजमा दुई शव फेला, बेपत्ता बसको यात्रु हुनसक्ने आशंका

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ३१ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीस्थित गण्डक ब्यारेजमा दुई वटा शव फेला परेको छ । नारायणी नदीलाई बाँध बाधेर सिँचाइका लागि पानी लगेको ठाउँमा आइतबार साँझ दुई वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकाअनुसार विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई पुरुषको शव फेला परेको हो ।

दुवै शव शुक्रबार बिहान चितवनको भरतपुर–२९ सिमलतालबाट पहिरोले बगाएको बसको यात्रु हुनसक्ने आशंका गरिएको छ । शवको पहिचान खुल्न सकेको छैन् । शवबारे अनुसन्धान भइरहेको छ ।