
तनहुँ, ३१ असार । तनहुँमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगखोला र भानु नगरपालिका–६ चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
साँगेखोलामा डुबेर मृत्यु हुनेमा सोही वडाको बरबोटेका २० वर्षीय शिशिर कुमाल रहनुभएको छ । घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी दमौली अस्पताल पुर्याएकामा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।
यस्तै, भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर ४० वर्षीय निमबहादुर मस्राङ्गीको मृत्यु भएको छ ।
शनिबार नुहाउने क्रममा बगाएको उहाँको शव आइतबार भानु नगरपालिका–५ पञ्चनगरस्थित खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया