१६ असार २०८३, मंगलबार

न्यूरोडको फुटपाथ विस्तार नरोक्न अदालतको आदेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाले न्यूरोडमा थालेको फुटपाथ विस्तारको काम नरोक्न अदालतले अन्तरिम आदेश दिएको छ ।

आज उच्च अदालत पाटनले महानगरपालिकाको फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

महानगरले फुटपाथ विस्तार थालेपछि सडक डिभिजन कार्यालयले अवरोध गरेको थियो । फुटपाथ विस्तारमा अवरोध भएपछि महानगर अदालत गएको थियो ।

अदालतको आदेशसँगै महानगरपालिकालाई फुटपाथ विस्तारको कामलाई निरन्तरता दिन बाटो खुलेको हो ।