५ असार २०८३, शुक्रबार

गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गर्ने ८ जनालाई एकदेखि ४ वर्षसम्म कैद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गर्ने आठजनालाई चारवर्षको कैद फैसला सुनाइएको छ ।

विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले २ जनालाई ४/४ वर्ष, २ जनालाई २/२ वर्ष र ४ जनालाई १/१ वर्ष जेल सजाय सुनाएको हो ।

गायक अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो।

बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई ४र४ वर्ष कैद र जनही ७ करोड ६० लाख रूपैयाँ जरिवाना भएको छ भने मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २/२ वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना, रामप्रसाद अधिकारी, इश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई १र१ वर्ष कैद र जनही ३ करोड ८० लाख रूपैयाँ जरिवाना सुनाइएको छ ।

उनीहरूले अमात्यको बारास्थित जग्गाको कीर्ते डकुमेन्ट तयार गरी काठमाडौंको न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रूपैयाँ ऋण लिएका थिए ।