१९ असार २०८३, शुक्रबार

केपी ओली प्रधानमन्त्री नियुक्त

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत नपाएर सरकार ढलेसँगै राष्ट्रपतिले सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नु भएको थियो । एमाले अध्यक्ष ओलीले कांग्रेस र नेकपा (एमाले) का १६६ सांसदको हस्तारसहित शुक्रबार नै दाबी पेश गर्नु भएको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ भोलि (सोमबार) बिहान ११ बजेका लागि तय भएको छ । ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।