१७ असार २०८३, बुधबार

‘फर्की फर्की’ मा अनमोलको पारिश्रमिक ५० लाख, साढे सात लाख कर बुझाए

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । अभिनेता अनमोल केसीले चलचित्र ‘फर्की फर्की’ चलचित्रमा ५० लाख पारिश्रमिक लिनु भएको छ ।

उहाँले आफूले प्राप्त गरेको पारिश्रमिक बापत सरकारलाई ७ लाख ५० हजार कर तिनु भएको छ । ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले केसीले तिरेको करको रसिद सार्वजनिक गर्नु भएको हो ।

अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिर्नु भएको हो । अनमोलले पहिलो पटक आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गर्नु भएको हो ।

यसअघि कुनै पनि कलाकारले कर तिरेको सार्वजनिक गरेका छैनन् । जेठ १० गतेबाट रिलिजमा आएको फर्कि फर्किले विश्वव्यापी बजारमा आक्रामक कमाई गरेको थियो ।