५ असार २०८३, शुक्रबार

कोशीमा सरकार पुनर्गठनको तयारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गर्नुभएको हो । केन्द्रमा कांग्रेस-एमालेको गठबन्धन बनेसँगै त्यसको असर प्रदेशमा समेत परेको छ ।

हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा (एकीकृत समाजवादी) र जसपाले समर्थन जनाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहनु भएको छ ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रमा मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएको र राजीनामा नदिए बर्खास्त गर्ने हुनुभएको छ। अर्कोतर्फ माओवादी केन्द्रका मन्त्रीहरुले केन्द्रको निर्देशन अनुसार निर्णय लिने बताउनु भएको हो ।