३० असार २०८३, मंगलबार

भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयातको अनुमति दिएको छ ।

भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको उद्योग विभागले जनाएको छ ।

चिनी आयातको अनुमति पाउनेमा एग्रो थाई फुड्स प्रा.लि, ललितपुर, गुडलाइफ बेभरेज प्रा.लि, सोनापुर सुनसरी, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रा.लि दुहबी, सुनसरी, क्वालिटी फुड एन्ड स्न्यांक्स इण्डष्ट्रिज प्रा.लि दुहवी, सुनसरी, क्वालिटी कन्फेक्सनरी प्रा.लि दुहवी, सुनसरी, क्वालिटी डाइट एन्ड फुड प्रोइक्टस् प्रा.लि दुहवी सुनसरी, शिव डेरी एन्ड फुड इण्डट्रिज प्रा.लि विराटनगर मोरङ्ग, केआरएस भेन्चर्स प्रा.लि भद्रपुर, झापा र सुजल फुड्स प्रा.लि पोखरा, कास्की रहेका छन् ।