४ असार २०८३, बिहिबार

सिमलताल बस दुर्घटनाको जानकारी लिँदै उद्वारलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिनुका साथै सबै उपायहरूको अबलम्बन गरि खोजी कार्यलाई अझै तिब्रता दिन निर्देशन गर्नुभएको छ।

भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गर्नुभएको छ।

उक्त अवसरमा उहाँले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै देशको राजनैतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न आग्रह गर्नु भयो ।