६ असार २०८३, शनिबार

रविले प्रहरीलाई भने- म मन्त्री भएर अप्ठ्यारो भएको भए आजैदेखि अनुसन्धान गर्नुस्

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । सरकारबाट बाहिरिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा प्रहरीलाई कुनै किसिमको दबाव नदिएको बताउनु भएको छ ।

आज सकारबाट बाहिरिँदै गर्दा पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले आफूले प्रहरीलाई कुनै किसिमको दबाव नदिएको बताउनु भएको हो । यदी आफू मन्त्री हुँदा प्रहरीलाई अप्ठ्यारो भएको भए आजैदेखि अनुसन्धान थाल्न उहाँले आग्रह गर्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु । न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस् ।’