
कञ्चनपुर, ३० असार । कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
कैलालीको अत्तरियाबाट कञ्चनपुरको शान्तिपुरतर्फ जाँदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले ठक्कर दिँदा शान्तिपुर बस्ने ५२ वर्षीय मोहन खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
बसले कृष्णपुर नगरपालिका–७ कार्की कटानस्थित वडा कार्यालय अगाडि ठक्कर दिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बससहित चालक कार्की कटानका २८ वर्षीय सुरेन्द्र बोहरालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया