२२ असार २०८३, सोमबार

कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ ।

आइतबार बिहान सम्पन्न तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पेनाल्टी सुट आउटमा उरुग्वेले क्यानडालाई ४-३ ले पराजित गरेको थियो ।

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

उरुग्वेलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै लुइस स्वरेजले हारबाट बचाएका थिए । त्यसअघि कहल्को आठौ मिनेटमा रोड्रीगो बेन्टानचरले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै, क्यानडाले १-० गोलले पछि परेपछि खेलको २२औं मिनेटमा इस्माएल कोने र खेलको ८०औं ब्मिनेटमा जोनाथन डेभिडको गोलमा २-१ को अग्रता लिएको थियो । यो हारसँगै क्यानडा भने चौथो भएको छ ।

अब कोपा अमेरिकाको फाइनल खेलमा भोलि बिहान नेपाली समय अनुसार ५ः४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।