३१ जेष्ठ २०८३, आइतबार

जिम्बाबेविरुद्धको सिरिज भारतलाई

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिजमा लगातर तेस्रो जित हासिल गरेको छ ।

सिरिजको चौथो खेलमा भारतले १० विकेटले जित हासिल गरेको हो । जिम्बाबेले दिएको १५३ रनको लक्ष्य पछ्याएको भारतले कुनै विकेट नगुमाएई १५.२ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

भारतका लागि यशस्वी जैसवालले अविजित ९३ रन बनाएका थिए भने शुभमन गिलले अविजित ५८ रन बनाएका थिए ।

यसअघि जिम्बाबेले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

यो जितपछि भारतले ५ खेलको सिरिज ३-१ ले जितेको छ । सिरिजको पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछि लगातार तीन खेल भारतले जितेको छ ।

अब सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।