
काठमाडौं, २९ असार । प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ ।
संघीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको जनाएको छ ।

यसैगरी, आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयले जनाएको छ ।









प्रतिक्रिया