९ श्रावण २०८३, शनिबार

‘डिजिटल ठमेल’ निर्माणलाई अगाडि बढाइने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । मुलुकको  संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल ठमेल’का रुपमा अगाडि बढाइने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी भविश्वर शर्मा समूहको ‘उम्मेदवार परिचयात्मक’ कार्यक्रममा अध्यक्षका उम्मेदवार शर्माले ठमेललाई डिजिटल रुपमा अगाडि बढाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।

‘हामीले स्थानीय सरकारसँगको सहकार्यमा ठमेलभित्रका देखिएका समस्या समाधान गरे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित ठमेललाई प्रविधिको विकाससँग जोड्न नसकेकाले डिजिटल ठमेललाई प्राथमिकतामा राखेका छौँ ।’ उहाँले भन्नुभयो ।

शर्माले आफू निर्वाचित भएर डिजिटल ठमेललाई पहिलो प्राथमिकतामा राखी पर्यटन विकास परिषद्को आफ्नो वेबसाइटमार्फत सम्पूर्ण व्यवसायी तथा घरधनीको तथ्याङ्क सङ्कलन गरी स्वदेशी तथा विदेशी पर्यटकले आफूलाई चाहिने जानकारी सहजै प्राप्त गर्नसक्ने बनाउन लागिएको बताउनुभयो । ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरिने, शान्ति सुरक्षालाई व्यवस्थापन गरिने, ट्राफिक तथा फोहर व्यवस्थापन, तार तथा सडकबत्ती व्यवस्थापन, घरबेटी र व्यवसायीबीच सुमधुर सम्बन्ध राखिने उहाँले बताउनुभयो ।

अध्यक्षका अर्का उम्मेदवार धुव्र अधिकारीले विगत कार्यसमितिले अगाडि सारेका सकारात्मक योजनालाई पूरा गर्न आफूले उम्मेदवारी दिन लागेको बताउनुभयो । उहाँले व्यवस्थित ठमेल निर्माणका लागि यहाँभित्रका घरबेटी र व्यवसायीबीच सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । सफा, सुन्दर र सुरक्षित ठमेल आफ्नो सङ्कल्प भएको अधिकारीले बताउनुभयो ।

निर्वाचनमा दुवै समूहबाट उपाध्यक्ष पदका लागि सहदेव (विमल) धमला, राजीव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारले उम्मेदवारी दिनुभएको छ । सचिवमा पुण्यराम लागेजु र दिलीप (मिलन) कँडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ ।

सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाईं, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रञ्जयमान प्रधान, नवीन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत उमादेवी प्रसाईंले जानकारी  दिनुभयो ।

परिषद्को २९औँ साधारणसभा तथा निर्वाचनका लागि एक हजार एक सय ९३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

Skip This