२३ असार २०८३, मंगलबार

मन्त्री चयन गर्न कांग्रेसले मापदण्ड बनाएको छ : प्रवक्ता महत

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरु योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरिएको छ ।’

त्यस्तै, बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।