१८ असार २०८३, बिहिबार

रचना रिमालको नयाँ गीतमा गरिमा र प्रभात

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘माया गर्छु भन्न पनि’ सार्वजनिक भएको छ । मनोविद्समेत रहनुभएकी गीतकार प्रमिला वस्तीको शब्द सृजना रहेको सार्वजनिक गीतमा संगीत विश्वनाथ प्रेमको छ ।

किरण कँडेलको एरेन्ज रहेको सार्वजनिक गीतमा शम्भु तण्डुकारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

दुई दशक बढी समयदेखि कलाकारिताको क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका लोकप्रिय निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा मोडल गरिमा शर्मा र प्रभात पाल ठकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

गीतकार वस्तीको निर्माणमा तयार भएको गीतमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई नजिकबाट देखाइएको छ । जहाँ प्रेममा रमाइरहेको जोडीको खुशीलाई गरिमा र प्रभातको माध्यमबाट देखाइएको छ । उत्सव दाहालको छायांकन, राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको सम्पादन विकास ज्ञवालीले गर्नुभएको हो ।