३१ असार २०८३, बुधबार

अक्षय कुमारलाई कोरोना संक्रमण

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

फिल्मको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उहाँलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो ।

यसअघि २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’को सुटिङका ​​क्रममा कोरोना संक्रमित हुनुभएको थियो । यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए ।

त्यसअघि २०२१ मा पनि अक्षय कोभिड पोजिटिभ हुनुभएको थियो ।

अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ हिजो शुक्रबार रिलिज भएको छ । यो फिल्म दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा हुनुहुन्छ ।