
काठमाडौं, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गर्नु भएको हो । धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संबिधानमा रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि पदमुक्त हुनु भएको थियो । राष्ट्रपति पौडेलले कानुनविदसँगको परामर्श पछि संबिधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आव्हान गर्नु भएको हो ।
उपधारा २ मा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।,’
राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्मको समय दिएर सरकार गठनको दावी पेश गर्न समय दिनु भएको छ ।








प्रतिक्रिया