१६ कार्तिक २०८३, सोमबार

अर्को सरकार नबनेसम्म प्रचण्ड नेतृत्वको सरकारले नै कामचलाउ हैसियतमा काम गर्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । नयाँ सरकार गठन नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकारलाई काम चलाउ सरकारको हैसियतमा काम गर्न जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार नबनेसम्म अहिलेकै सरकारलाई काम गर्ने अधिकार दिनु भएको हो ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७७ (३) अनुसार अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले बताएको छ।