
काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनु भएको छ ।
आज उहाँले संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त हुनु भएको हो । उहाँले पाचौँ पटक संसदबाट विश्वासको मत लिनुभएको हो । २५८ सांसद उपस्थित रहेकामा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ मत परेको छ । मत दिन्न भन्ने पक्षमा एक मत पर्यो ।
प्रचण्डलाई माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पाटीले विश्वासको मत दिएको हो । प्रचण्ड पदमुक्त भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ ।
दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।








प्रतिक्रिया