९ असार २०८३, मंगलबार

रविको प्रश्न- अनुसन्धानको सुई घरको ढोकामा पुगेपछि संविधानको याद आयो ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाउनु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो बल्ल संविधानको याद आएको भनेर कटाक्ष गर्नु भएको हो ।

रास्वपाका मन्त्रीहरुले राजीनामा नदिएर सरकारमा टाँसिएर बसेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै उहाँले विपद्को बेला जनता बचाउनका लागि सत्तामै बसेको स्पष्ट पार्नुभयो ।

‘हामीलाई आशंका छ एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी पुग्यो?रातारात संविधानको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो संविधानको याद आयो ?’ उहाँले प्रश्न गर्नुभयो ।

गृहमन्त्री लामिछानेले दुई चारजना नेतालाई बाहेक सहमतीको जानकारी अरु कसैलाई नभएको भन्दै मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमती राष्ट्रिय सहमती कदापी नहुने टिप्पणी गर्नुभएको छ ।

देश, जनता र आफ्ना दलका नेतालाई समेत थाहा नदिई गरिएको सहमतीलाई राष्ट्रिय सहमतिको नाम दिँदा ‘राष्ट्रिय’ शब्दको मानमर्दनभएको धारणा राख्नुभयो ।

‘सदनमा जोडतोडका साथ सहमतीको कुरा चल्यो । तर दुःखका साथ भन्नुपर्छ । एक दुई जना नेता बाहेक सहमती भएको अरु कुनै नेतालाई थाहा छैन् । बिना जानकारीको सहमती न राष्ट्रलाई थाहा छ न देश, जनता र आफ्ना दलका नेतालाई थाहा छ,’ उहाँले भन्नुभयो ।