३० जेष्ठ २०८३, शनिबार

सरकारमा गएर गरेका कामप्रति हामि आफै सन्तुष्ट छैनौं : रवि लामिछाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुहरुले सरकारमा गरेको कमप्रति आफुहरुनै सन्तुष्ट नरहेको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै रास्वपाका सभापति समेत रहेका लामिछानेले सरकारमा गएर सोचे जस्तो काम गर्न नसकेको स्वीकार गर्नु भएको हो ।

उहाँले सरकारमा गएपछि आफू सहकारी ठगको रुपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीकाबीच आफूहरुले राम्रो काम गरेको दावी गर्नुभयो । उहाँले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोहि कारणले रातारात दुई ठुला दल एक ठाउमा आएको बताउनुभयो ।

लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफूहरुले त्यसलाई समर्थन गर्न नसकेको बताउदै दुई दल ठुला दल एक ठाउमा आउदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफूहरुको चिन्ता रहेको धारणा राख्नुभयो ।