
काठमाडौं, २८ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराउनु भएको छ ।
गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरि ति स्थानहरुमा रात्री बस संचालन नगर्न यातायात व्यवस्था बिभागलाई निर्देशन दिएको जानकारी दिनु भएको हो ।
लामिछानेले दुई यात्रु बस पहिरोले बगाएको प्रति दुःख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीहरु परिचालन गरिएको बताउनुभयो । उहाँले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
साथै लामिछानेले विपदबाट राहत र उद्धारको काम सरकारले तिब्ररुपमा गरिरहेको संसदमा जानकारी गराउनु भएको छ ।












प्रतिक्रिया