२७ जेष्ठ २०८३, बुधबार

अब प्रचण्डको उथलपुथलले काम गर्दैन : योगेश भट्टराई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताउनु भएको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने बताउनु भएको हो ।

उहाँले अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समिक्षा गर्ने अवसर कांग्रेस र एमालेले सुनौलो अवसर दिएको धारणा राख्नुभयो । प्रचण्डबाट आफुहरुले संयमताको अपेक्षा गरेको बताउँदै गम्भीर समिक्षा गर्न आग्रह गर्नुभयो ।

सांसद भट्टराईले राजनीतिक स्थायित्व दिन सहमति गरेको स्पष्ट गर्दै ठुला शक्तिहरुमा मेलमिलाप हुँदा देशलाई ठुलो उपलब्धि हुने बताउनुभयो ।