
काठमाडौं, २८ असार । अर्जेन्टिनाका फुटबलर एन्जेल डी मारियाले कोपा अमेरिका फुटबलको फाइनल खेलपछि सन्यास लिने भएका छन् ।
३६ वर्षीय डी मारियाले सोमबार बिहान अमेरिकाको फ्लोरिडामा हुने फाइनल खेलपछि राष्ट्रिय टोलीबाट सन्यास लिने भएका हुन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएर आफूले सन्यास लिन चाहेको डी मारियाले बताएका छन् ।
उनले सन् २००८ मा अर्जेन्टिनी टोलीमा डेब्यु गरेका थिए । उनले १ सय ४४ खेलमा ३१ गोल गरेका छन् ।








प्रतिक्रिया