२९ आश्विन २०८३, बिहिबार

हसरंगाले छोडे श्रीलंका क्रिकेट टिमको कप्तानी

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । श्रीलंकाका टी-२० क्रिकेट कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन् । हालै सम्पन्न टी-२० विश्वकपमा श्रीलंकाको खराब प्रदर्शनपछि हसरंगाले कप्तानी छोडेको आइसीसीले जनाएको छ ।

गत वर्ष श्रीलंकाको टी-२० क्रिकेट टिमको कप्तान नियुक्त भएका हसरंगाले केवल १० खेलमा कप्तानी गरेका थिए । हसरंगाले राजीनामा दिँदै आफू खेलाडीको रुपमा मात्र टिममा रहने बताएका छन् । बोर्डले हसरंगाले कप्तानी छोडे पनि उनी टिमको महत्वपूर्ण सदस्यको रुपमा रहने जनाएको छ ।

आगामी जुलाई २७ देखि घरेलु मैदानमा भारतविरुद्ध टी-२० र एकदिवसीय सिरिज खेल्न लागेको श्रीलंकाले छिट्टै नयाँ कप्तान घोषणा गर्ने बताएको छ ।