६ श्रावण २०८३, बुधबार

प्रधानमन्त्री र मन्त्रीको नआएपछि प्रतिनिधि सभाको बैठक स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ ।

आजको बैठकमा मन्त्री र प्रधानमन्त्री कोही पनि उपस्थित नभएको भन्दै नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएपछि बैठक स्थगित भएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको अधिकार प्रयोग गर्दै विश्वासको मत लिएर संसदमाआफ्नो विश्वास देखाउन चहान्छु भनेर भनेको कुरा थहा छ, भोलीका लागि समय मागेको पनि थाहा छ । संविधान पालन गर्ने प्रधानमन्त्री, मन्त्रीले संसदमा संसद चलेको दिन मन्त्री र प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्ने जानकारी छ कि छैन् ? कोही पनि उपस्थित नभएपछि सदन चल्छ कि चल्दैँन् ? सभामुखको कुर्सीबाट म जान्न चहान्छु ।,’